झापामा सञ्चालन भएको जनताको तटबन्ध कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विभिन्न नदीमा आउने बाढीका कारण झापामा धेरै धनजनको क्षति हुन थालेपछि तत्कालीन अवस्थामा रहेको सिँचाइ मन्त्रालयले जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. १, गैडे झापामा स्थापना गरेको थियो ।
सुरुमा कन्काई, रतुवा र मावा नदी व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालयको कार्य क्षेत्र बिरिङ, कमल नदी हुँदै आर्थिक वर्ष २०७५/०७६ बाट मेची नदीसम्म विस्तार भएको छ । आव २०७५/०७६ बाट जोखिमयुक्त सदरमुकाम बचावट कार्यसमेत यस कार्यालयको कार्यक्षेत्रभित्र आएको छ । आर्थिक वर्ष २०७५/७६ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत स्थानीय तहमा बजेट विनियोजन भई नदी नियन्त्रण भइरहेको छ।
कार्यालयको तथ्यांकले आर्थिक वर्ष २०७४/०७५ सम्ममा रतुवा मावा नदीमा २० किमि, कमल नदीमा ५.५ किमि, कन्काई नदीमा १५.९ किमि, बिरिङ नदीमा १५.५ किमि, मेची नदीमा ३.५ किमि गरी कुल जम्मा ६०.४ किमि तटबन्ध निर्माण भइसकेको देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ रतुवा–मावा नदीमा ७ किमि, कमल नदीमा २.२ किमि, कन्काई नदीमा २.९ किमि, बिरिङ नदीमा २.७ किमि, मेची नदीमा ०.८ किमि, जोखिमयुक्त सदरमुकाम बचावट कार्यक्रमअन्तर्गत १.७ किमि गरी कुल जम्मा १७.३ किमि तटबन्ध निर्माण गरिएको छ।
सिँचाइ मन्त्रालयले जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. १, गैडे झापामा स्थापना गरेको.
सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना
गैडे, झापा
Telephone: 9843042125,9852665432
Email: pep1dwidp@gmail.com